एमाले १०औँ महाधिवेशन : घर–घरमा निमन्त्रणापत्र

लोकपथ
0
Shares

चितवन । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घर–घरमा निमन्त्रणापत्र पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पुर्‍याउने गरी निमन्त्रणापत्र पठाएको हो ।

दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजारप्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा पठाइएको छ । थप माग भएमा पठाउने तयारी गरिएको उनले जानकारी दिए । वडा कमिटीहरूले भेला र बैठक गरेर निमन्त्रणापत्र वितरण सुरु गरिसकेको उनले बताए ।

सुवेदीले भने, “पालिका, वडा र टोल कमिटी सक्रियरूपमा निमन्त्रणापत्र वितरण र प्रचार–प्रसारमा जुटेका छन् ।” प्रचारप्रसारका लागि स्थानीयस्तरमा विभिन्न कार्यक्रम भइरहेका छन् । उनले भने, “उद्घाटनसत्रमा सहभागी गराउन प्रत्येक घरमा निमन्त्रणापत्र नै पठाउन लागिएको हो ।”

उद्घाटन कार्यक्रममा एमाले कार्यकर्तामात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको नेकपा (एमाले) का जिल्ला अध्यक्ष पार्वती रावलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?