भरतपुर महानगरपालिकाकी मेयर र कतारी राजदूतबीच भेटवार्ता

लोकपथ
3.6k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलबीच भेटवार्ता भएको छ ।

सोमवार भरतपुर महानगरपालिका प्रमुख दाहालको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको जनाइएको छ ।

राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानहरूलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताए ।

उनले चितवन आएर स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?