काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न भएको छ ।
आइतवार सम्पन्न प्रदेश अधिवेशनले सातै प्रदेशमा नयाँ नेतृत्व चयन गरेको छ ।
राप्रपा प्रदेश १ मा राम थापा, प्रदेश २ मा भरत गिरी र बागमती प्रदेशमा विक्रम बहादुर थापा अध्यक्षमा निर्वाचित भएको राप्रपा महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले बताए । त्यस्तै गण्डकी प्रदेशमा हेमजंग गुरुङ, लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदय, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी अध्यक्ष निर्वाचित भएको उनले जानकारी दिए ।
राप्रपाले पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ । कार्तिक ३, ४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनौट हुने कार्यतालिका रहेको प्रचार संयोजक श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया