डिसहोमको रिचार्ज गर्दा निःशुल्क इन्टरनेट

लोकपथ
217
Shares

काठमाडौं । डिसहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ।
कम्पनीले यस अघि नै बजारमा ल्याएको ‘लाइफस्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिसहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिसहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।

गत साउनदेखि रोकिएको यो प्याकेज आजदेखि पुनः सञ्चालनमा ल्याइएको डिसहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए । यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित)मा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।

त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ (भ्याटसहित) मा डिसहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्न सक्नेछन्। डिसहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन् । हाल देशका मुख्य शहरहरूमा डिसहोमको फाइबरनेट सेवा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?