सर्वोच्चमा आज पनि उही हालत : वकिलहरुलाई मूल गेटमा आउन नदिने तयारी

लोकपथ
91
Shares

काठमाडौं । सर्वोच्च अदालतमा आज पनि वकिलहरुले धर्नालाई जारी राखेका छन् ।

गत शुक्रबारबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च प्रवेशमा रोक लगाइरहेका वकिलहरुले आज पनि आन्दोलनको तयारी गरेका छन् ।

नेपाल बार एसोसियसनको अगुवाइमा भइरहेको आन्दोलनमा वकिलसहित अन्य कानुन व्यवसायीहरु पनि सहभागी रहेका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरिरहेका छन् ।

आज भने प्रहरीले सर्वोच्चको मूल गेटमा बाटो छेक्न आउने कानुन व्यवसायीहरुलाई रोक्ने तयारी गरेको छ । सो क्रममा यतिबेला सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएको छ ।

त्यस्तै सर्वोच्च परिसरमा आन्दोलन गरिरहेको बारले आज भने आफ्नै प्राङ्गणमा कोणसभा गरिरहेको छ ।

यता प्रधानन्यायाधीश राणाको समर्थनमा प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?