काठमाडौं । मुस्ताङमा हिउँ पहिरो जाँदा घाइते हुनेको संख्या ११ पुगेको छ ।
आइतबार बिहान ११ः४० बजे हिउँ पहिरो गएको र ज्यान जोगाउन भाग्ने क्रममा विद्यालयका शिक्षक र विद्यार्थी घाइते भएका हुन् । त्यस्तै हिउँ पहिरोमा परि हालसम्म मानवीय क्षत्री नभएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले लोकपथलाई जानकारी दिए । त्यस्तै अन्य पशु चौपायाहरु क्षति भएको नभएको जानकारी आउनेक्रम रहेको उनले बताए ।
‘हालसम्म ११ जना घाइते भएका छन् । तर कुनै पनि मानवीय क्षती भएको छैन । पशु चौपायाको क्षतिबारे धनीहरुले जानकारी गराएपछि पुष्टि होला ।’
अहिले हिउँ पहिरो रोकिएको छ । जिल्लाको घासाङ गाउँपालिका वडा नं २ मा धौलागिरि रेञ्जबाट हिउँ पहिरो आएको प्रजिअ शर्माले बताए । उनका अनुसार अहिले घाइतेहरुको उपचारका लागि पठाइएको र अवस्था सामान्य भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया