आज पनि प्रधानन्यायाधीश राणा ‘चोरबाटो’बाट सर्वोच्च प्रवेश

लोकपथ
245
Shares

काठमाडौं । सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुले धर्ना जारी राखेपछि आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा चोरबाटो प्रयोग गरेर अदालत प्रवेश गरेका छन् ।

यता मूल गेटमा नेपाल बार एसोसियसनको आयोजनामा आन्दोलन जारी राखेसँगै प्रन्या राणा महान्यायाधीवक्ताको कार्यालयबाट सर्वोच्च प्रवेश गरेका हुन् ।

यसअघि आइतबार पनि प्रन्या राणा सोही बाटो प्रयोग गरी सर्वोच्च प्रवेश गरेका थिए । न्यायालय विवादका कारण लामो समयदेखि सर्वोच्च अदालतमा नेपाल बारको अगुवाइमा आन्दोलन जारी छ ।

आज पनि नेपाल बारको अगुवाइमा वकिलहरु आन्दोलनमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?