काठमाडौं । वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले नेपाल र चीनको सम्बन्ध सफल बनाउन अरनिकोले अग्रणी भूमिका निर्वाह गर्नुभएको बताएका छन् । उनले अरनिकोको नाममा ग्यालरी खडा गर्न गैरआवासीय नेपाली सङ्घ भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिलाई आग्रह गरे ।
सङ्घले आज नेपाली भाषा तथा साहित्य अनि संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिका नाममा आयोजना गरेको ‘अरनिको अन्तरराष्ट्रिय पुरस्कार समर्पण समारोहमा’ जोशीले अरनिको मुलुककै पहिलो गैरआवासीय नेपाली नागरिक भएको चर्चा गरे ।
वरिष्ठ साहित्यकार नयनराज पाण्डेले २०७७ सालमा प्रकाशित कृति सङ्कलन गरी सोमध्ये हरि अधिकारीको रचना उत्कृष्ट हुनुका साथै अरु साहित्यकारले नछोएका कुरा समावेश गरिएको हुँदा पुरस्कारका लागि छनोट गरिएको धारणा राखे । सङ्घका भाषा तथा साहित्य समितिका संयोजक हिक्मत थापाले हाल १०० भन्दा बढी मुलुकमा नेपालीको बसोबास रहेको र उनीहरुका रचनाको खोजी गर्न जरुरी रहेको बताए। सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेले मुलुकका शसक्त अनि जुझारु व्यक्तित्व अधिकारीलाई आफूहरुले छनोट गरी पहिलो पुरस्कार प्रदान गर्न पाउँदा प्रसन्नता मिलेको धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया