हेर्नुहोस् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
119
Shares

१. नेपाल बार एसोसिएसनले मूलगेटमै धर्ना दिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा वैकल्पिक बाटो हुँदै सर्वोच्च प्रवेश, आइतबार पनि प्रधानन्यायाधीशको प्रवेशलाई अवरोध गर्ने बारको चेतावनी

२. न्यायालयको विवादमा सरकारले हस्तक्षेप गर्न नमिल्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, न्यायालयभित्रको समस्या न्यायालयले नै समाधान गर्नुपर्नेमा जोड

३. विप्लव समूह पुनः माओवादी केन्द्रमा नै फर्कने अध्यक्ष प्रचण्डको दाबी, मोहन वैद्य र बाबुराम भट्टराईलगायत मिलेर मौलिक क्रान्तिकारी धारलाई अघि बढाउने जिकिर

४. नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक ग¥यो, लोगोमा गैँडाको मस्कटले उचालेको कम्युनिस्ट पार्टीको झण्डा राखियो

५. माओवादी केन्द्रले प्रदेशबाट आउने प्रतिनिधि संख्या बढायो, पुसमा हुने राष्ट्रिय सम्मेलनमा प्रदेशबाट कम्तीमा आठ सय प्रतिनिधि आउने

६. एमाले छोड्नेहरूको लहर चलेको माधवकुमार नेपालको भनाइ, आफूले नेतृत्व गरेको एकीकृत समाजवादीमा आकर्षण बढेको दाबी

७. संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगमको केन्द्रीय कार्यालय घेराउ, पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी
८. शुक्रबार देशभर ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ८९ जना संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु

९.सरकारले विद्युतीय राहदानी जारी गर्दै, मंसिर १ गतेदेखि आंशिक रूपमा सुरु हुने राहदानी वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रूपान्तरण गरिने

१०. बहराइनले नेपाललाई कोरोना भाइरस संक्रमणको खतरा सूचीबाट हटाउँदै, अब कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका नेपालीले बहराइन जाँदा अनिवार्य क्वारेन्टिनमा बस्नु नपर्ने

११. दिनहुँ आकाशिँदै सुनको भाउ, अघिल्लो दिन तोलामा १३ सयले बढेको सुनको भाउ आज ४०० सय रुपैयाँले बढ्यो, शुक्रबार छापवाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार

१२. बेलारुस एयरलाइन्सले इराकी, सिरियाली र यमनीलाई टर्कीमा उडान गर्न प्रतिबन्ध लगायो, आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाइएको भन्दै बेलारुसका राष्ट्रपतिद्वारा आक्रोश व्यक्त

१३. नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरूको कारबाहीमा १५ बन्दुकधारी मारिए, ४८ बन्दुधकारी नियन्त्रणमा

१४. कोलम्बियालाई हराउँदै ब्राजिल विश्वकप २०२२ का लागि छनोट, दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम बन्यो ब्राजिल
र,
१५. पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश, अष्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने

भिडियो हेर्नुहोस्:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?