काठमाडौं । नेपाल बार एसोसियसनले आइतबार पनि सर्वोच्च परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलन जारी राख्ने घोषणा गरेको छ ।
शुक्रबार (आज) धर्ना दिन सर्वोच्च पुगेका बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि आन्दोलन जारी राख्ने जानकारी दिए ।
शुक्रबार (आज) बारको अगुवाइमा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश राणालाई सर्वोच्चको गेटबाट प्रवेश गर्न रोक लगाएका थिए । कानुन व्यवसायीहरुको अवरोधपछि प्रधानन्यायाधीश राणा वैकल्पिक बाटो प्रयोग गरि सर्वोच्च प्रवेश गरेका थिए । बारले प्रधानन्यायाधीशको बाटो छेक्ने पूर्व निर्धारित कार्यक्रम भएकाले सर्वोच्च परिसरमा आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले आइतबार भने सर्वोच्चको प्रांगणमा नै धर्ना दिने जानकारी गराए । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै गत कार्तिक १४ गतेबाट बारको अगुवाइमा कानुन व्यवसायीहरुले निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया