काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-१५ चौमती बस्ने संजिव देउलाको घरमा तास खेलिरहेको अवस्थामा देउलालगायत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४७ हजार १ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, दक्षिणकाली नगरपालिका-९ हुडुस्थित निरज महर्जनको खाजा पसलको टहरामा तास खेलिरहेको अवस्थामा सोही नगरापलिका-५ बस्ने ४५ वर्षीय राजेन्द्र श्रेष्ठ लगायत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८६ हजार ७ सय ४० रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी त्यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया