बारका महासचिव पौडेल भन्छन्- ‘प्रधानन्यायाधीशसँग इमान भए राजीनामा दिनुपर्छ’

लोकपथ
77
Shares

काठमाडौं । नेपाल बार एसोसियसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई इमान भए राजीनामा दिन आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश राणालाई सर्वोच्च गेटमा नै रोक्न अदालत परिसरमा उपस्थित भएका बेला बारका महासचिव पौडेलले सो कुरा बताएका हुन् ।

धर्नाअघि पत्रकारहरूमाझ उनले भने, ‘इमान भए उहाँले राजीनामा दिनुहुन्छ । नभए हामी संयुक्त राष्ट्र संघसम्म पुग्न बाध्य हुने छौँ ।’

त्यस्तै सर्वोच्च बाहेकका उपत्यकाका अन्य अदालतमा १२ बजेपछि सुनुवाइमा सहभागी हुने पौडेलले बताए ।

नेपाल बारको अगुवाइमा आज प्रधानन्यायाधीश राणाविरुद्ध नाराबाजी गर्न सर्वोच्च परिसरमा ठूलो संख्यामा कानुन व्यवसायीहरु उपस्थित भएका छन् । उनीहरुले ‘न्यायपालिकामा राजनैतिक हस्तक्षेप बन्द गर’, ‘विचौलियालाई कारबाही गर’ लगायतका नाराहरु लेखिएको पर्चा र पम्पलेटसहित नाराहरु लगाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?