काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।
प्रधानन्यायाधीश जबराको राजिनामाको माग गर्दै बार एसोसिएसनले निरन्तर आन्दोलन गर्दै आएको छ । शुक्रवार बारले जबरालाई सर्वोच्च अदालतको गेटबाटै भित्र छिर्न नदिने तयारी गरेको छ । यसको लागि कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसरमा जम्मा हुन थालेका छन् ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा बार मात्रै लागेर नपुग्ने भन्दै आम नागरीकहरु राजिनामा माग्दै सडकमा आउन अपिल गरेका छन् । प्रधानन्यायाधीश जबराको राजिनामा नआएसम्म आन्दोलन नरोकिने उनले स्पष्ट पारे ।
सर्वोच्च परिसरमा हुनसक्ने सम्भावित मुठभेडलाई मध्यनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया