नेकपा (माले)को महाधिवेशन चितवनमा हुने

लोकपथ
28
Shares

नेकपा (माले)को आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । यही कात्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनको नारायणी कला मन्दिरमा महाधिवेशन गर्न लागिएको हो ।

महाधिवेशन मूल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । समितिका संयोजक एवं मालेका स्थायी कमिटी सदस्य दीननाथ घिमिरेका अनुसार महाधिवेशनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको छ ।

मालेका महासचिव सिपी मैनालीद्वारा उद्घाटन हुने सो महाधिवेशनमा देशभरका ३५० प्रतिनिधि सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?