पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध दाङमा प्रधानमन्त्रीको पुत्ला दहन

लोकपथ
686
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा दाङमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ ।

बिहीबार साँझ दाङको नेपाल विद्यार्थी संघ ज्ञान दीप कलेजले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो ।

ज्ञानदिप कलेजका अध्यक्ष आकाश भण्डारीको संयोजकत्वमा भएको प्रदर्शनमा पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन माग गरिएको थियो ।

नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?