काठमाडौं । नेपाल बार एसोसिएसनका प्रतिनिधिहरुले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारसँग भेट गरेका छन्।
शुक्रबार (भोलि) बारले गर्ने भनिएको विरोध कार्यक्रम कस्तो हुने र कसरी गर्ने भन्ने विषयमा सुरक्षा निकाय, बार र सर्वोच्च मुख्य रजिस्ट्रारबीच छलफल भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एक्लै बोलाउन नगएका बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ मुख्य रजिस्ट्रारले छलफलमा बोलाउँदा समूहसहित गएका थिए ।
भेटमा मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले माइकिङ नगर्न र मुल गेटमा धर्ना नबस्न अनुरोध गरेका बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
आज माइकिङ गर्ने र सभा गर्ने विषय विवाद हुँदा सर्वोच्च परिसरमा अधिवक्ता माथी लाठीचार्ज भएको थियो ।
छलफलमा अध्यक्ष श्रेष्ठले अदालत प्रशासनले औपचारिकता र आग्र गरेपनी आन्दोलनको स्वरूप भने आन्दोलनकारिले निर्धारण गर्ने बताएका थिए ।
बारका महासचिव लीलामणि पौडेल र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य कानून मन्त्रालयमा जानकारी गराउन गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया