इजलास नबसी सर्वोच्चबाट बाहिरिए प्रधानन्यायाधीश राणा

लोकपथ
238
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिहीबार (आज) इजलास नबसी सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।

आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेसीमा चढाएका जबरा ती मुद्दाहरूमा सुनुवाइ नगरी सर्वोच्चबाट बाहिरिएका हुन् । प्रधानन्यायाधीश जबरा रास्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।
रास्ट्रपति कार्यालयका अनुसार प्रदेश प्रमुखको सपथ समारोहका लागि उनी शीतल निवास पुगेका हुन्।

नेपाल बार एसोसिएसनको विरोध सभामा प्रहरीले हस्तक्षेप गर्दा आज सर्वोच्च परिसरमा तनाव भएको थियो ।

प्रहरी हस्तक्षेपको विरोधमा बारले भोलि इजलास बहिस्कार गर्ने भएको छ भने प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?