काठमाडौं । एस्टन भिल्लाले प्रशिक्षक डिन स्मिथलाई बर्खास्त गरेको छ । क्लबको तीन वर्ष नेतृत्व गरेका स्मिथलाई भिल्ला क्लबले बर्खास्त गरेको हो ।
यस सिजन प्रिमियर लिगमा भिल्लाको लगातार पाँचौ हार व्यहोरेको छ ।
प्रिमियर लिगमा भिल्ला १५ औं स्थानमा छ । क्लब रेलिगेशन जोन भन्दा मात्र दुई अंक माथि छ ।
स्मिथ सन् २०१८ मा भिल्ला क्लबको प्रशिक्षक नियुक्त भएका थिए । उनले क्लबलाई नेतृत्व गरेको पहिलो वर्षमै प्रिमियर लिगमा बढुवा गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया