गाम्चा फुटबल क्लबद्वारा आयोजित प्रथम खुल्ला फुटसल प्रतियोगिता सम्पन्न

लोकपथ
469
Shares

काठमाडौं। बूढानीलकण्ठस्थित गाम्चा फुटबल क्लबद्वारा तिहारको अवसरमा आयोजित प्रथम खुल्ला फुटसल प्रतियोगिता-२०७८ सम्पन्न भएको छ ।

कार्त्तिक १७ र १८ गते दुई दिन भएको प्रतियोगितामा बुढानिलकण्ठ नगरपालिका लगायत छिमेकी नगरपालिकाहरूका विभिन्न ३६ वटा टिमहरूको सहभागिता रहेको थियो ।

त्यसमध्ये सुकेधारास्थित ‘काया क्रोप’ र बूढानीलकण्ठस्थित ‘फ्रीडम फाइटर क्लब’ फाईनलमा भिरेका थिए। उक्त खेलमा काया क्रोपले फ्रीडम फाईटरलाई ट्राईब्रेकरमा ४–३ को गोल अन्तरले पराजित गरेर टाईटल आफ्नो हात पारेका हुन् ।

No description available.

बूढानीलकण्ठ-१३, गाम्चास्थित भद्रकाली फुटसल एण्ड रि-क्रियशन सेन्टरमा भएको प्रतियोगितामा काया क्रोपका ‘सञ्जीव तामाङ’ उत्कृष्ट गोलरक्षक र फ्रीडम फाइटर एफ.सी.का ‘अर्जुन श्रेष्ठ’ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगिताको फाईनल खेल लगतै गाम्चा फुटबल क्लबका अध्यक्ष रामचन्द्र श्रेष्ठको सभापतित्वमा भएको प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि पूर्व स्वास्थ्यमन्त्री एवं सङ्घीय सांसद गगनकुमार थापाले विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः ३० हजार र २० हजारको चेक तथा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडलसहित प्रमाणपत्र प्रदान गरेको थियो । थापाको प्रमुख आतिथ्य रहेको उक्त समारोहमा बागमती प्रदेश लेखा समिति सभापति न्हुच्छे नारायण श्रेष्ठ र बागमती प्रदेश लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष दिपक गुरुङ विशेष अतिथि थिए ।

बूढानीलकण्ठ-१३ स्थित गाम्चामा रहेको ‘गाम्चा फुटबल क्लब’ले फुटबलको स्तरोन्नतिका साथै विभिन्न सामाजिक कार्यहरूमा समेत अग्रसरता देखाइरहेको छ ।

क्लबले समाजमा देखिने विकृति, विसङ्गतिविरुद्ध आवाज उठाउँदै, सामाजिक सचेतनालगायतका कार्यहरू पनि गर्दै आएको छ । क्लबको मुख्य लक्ष्य राष्ट्रिय स्तरको फुटबल खेलाडी उत्पादन गर्ने रहेको क्लबका कोषाध्यक्ष संकल्प श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?