एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले गर्‍यो देउसी भैलो

लोकपथ
91
Shares

काठमाडौं । नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार सम्पर्क मञ्चको आयोजनामा काठमाडौं नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा झापाबाट काठमाडौं आइ बसेका एमालेका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कलाकारहरुले गीत संगीतका साथसाथै नृत्य र हास्यव्यंग्य समेत प्रस्तुत गरेर कार्यक्रमलाई रमाइलो बनाएका थिए ।

कलाकारहरुले देउसी भैलो कार्यक्रममा नेताहरुमाथि व्यंग्य कस्न पनि भ्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?