काठमाडौं । नेकपा एमालेले आगामी १० औँ महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाउने भएको छ ।
बुधबार (आज) पत्रकार सम्मेलन गरी एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सो कुरा बताएका हुन् ।
प्रचार विभाग प्रमुख भट्टराईले पत्रकार सम्मेलनमा दशौँ महाधिवेशनका लागि देशका सबै प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय गरेको जानकारी दिए । माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीलाई राजनीतिक दलहरुको नाममा बनेका समूहलाई नबोलाउने निर्णय गरेको बताए ।
‘हामीले पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय गरेका हौं । राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई हामीले बोलाउँदैनौ ।’ उनले भने ।
पार्टी विभाजन हुनुअघि माधवकुमार नेपाल एमालेका वरिष्ठ नेता रहेका थिए । तर गत भदौ ९ गते निर्वाचन आयोगले दलको मान्यता दिएसँगै एमाले पक्ष भने असन्तुष्ट बन्दै एकीकृत समाजवादीलाई एक समूहको संज्ञा दिँदै आइरहेको छ । भने नेपाल पक्षले आफूहरुले नै समाजवादउन्मुख नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको दाबी गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया