काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आगामी १० औँ महाधिवेशनका लागि जुटेको छ ।
आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनस्थित भरतपुरमा हुने महाधिवेशनको थप कामहरु अघि बढाइएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै एमाले सचिव एवं प्रधार विभागका संयोजक योगेशकुमार भट्टराईले विधान महाधिवेशनले पारित गरेको नयाँ व्यवस्था अनुसार नेतृत्व चयन गर्ने जानकारी दिए ।
उनका अनुसार विधान महाधिवेशनले पारित गरे अनुसार अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष र पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।’
त्यस्तै पार्टीले एक तिहाइ महिलासहित सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुनेगरी केन्द्रीय समिति बनाइने समेत बताइएको छ ।
‘एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
एमालेले आगामी १० औँ महाधिवेशनमा निर्वाचन प्रक्रिया भने इलेक्ट्रोनिक भोटिङ गर्नेछ ।
असोज १५, १६ र १७ गते गरेको विधान महाधिवेशनबाट पारित राजनीतिक, सांगठनिक तथा विधानसम्बन्धी व्यवस्थाको बुझाइमा एकरुपता कायम गर्दै संगठनलाई थप सुदृढ बनाउने उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया