नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

लोकपथ
245
Shares

काठमाडौं । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको जहाजसँग बँदेल ठोक्किएको छ ।

नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उड्ने तयारी गर्दै गरेको जहाज आज बिहान करिब ६ः२० बजे बँदेलसँग ठोक्किएको हो ।

धावनमार्ग वरपर घाँसे मैदानमा बेलाबखत बँदेल आउने गरेको विमानस्थल स्रोतले बताएको छ । १४ जना यात्रु रहेका जहाजका सबै सकुशल रहेको स्रोतले जानकारी दिएको छ ।

अहिले विमानस्थल सुचारु भइसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?