काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने तयारी गरेका छन् । संवैधानिक प्रावधानअनुसार प्रदेशसभाबाट विश्वासको मत नपाउने देखिएपछि आचार्यले राजीनामा दिन लागेका हुन् ।
आज बस्ने प्रदेशसभा बैठकमा आचार्यको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका रहेको छ । बहुमत नपुग्ने भएपछि उनले त्यसअगाडि नै राजीनामा दिने तयारी गरेका हुन् ।
उनी गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य रहेका छन् । विश्वासको मत पाउनका लागि आचार्यलाई ४७ जनाको समर्थन आवश्यक पर्छ । तर प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् ।
सत्ता गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया