ट्रकबाट अनलोड गर्ने क्रममा सिसामा च्यापिएर एक जनाको मृत्यु

लोकपथ
168
Shares

पर्सा । ट्रकबाट सिसा अनलोड गर्ने क्रममा सिसामा च्यापिएर सोही वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका-१५ वाइपासस्थित मनिष अग्रवालको गोदाममा एचआर ५८ ए ३७७१ नम्बरको भारतीय ट्रकबाट सिसा अनलोड गर्ने क्रममा सिसामा च्यापिएर सोही महानगरपालिका-१९ बरवाटोल बस्ने ३८ वर्षीय सुरेन्द्र साह तेलीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

सिसाले च्यापिएर गम्भीर घाइते भएका उनको उपचारका लागि तराई अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै भएको मृत्यु हो ।

हाल फरार रहेका ट्रकका चालक र सहचालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?