काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई दिने सुदूरपश्चिम प्रदेश भ्रमणका लागि जाने भएका छन् ।
वरिष्ठ नेता पौडेल शनिवार बिहान काठमाडांैबाट धनगढी हुँदै कञ्चनपुर जाने कार्यक्रम रहेको बताईएको छ । सुदूरपश्चिममा बाढीपहिरोले पुर्याएको क्षतिका बारेमा अवलोकन गर्न नेता पौडेल सुदूरपश्चिम जान लागेका हुन् ।
पौडेलले कैलाली, कञ्चनपुर भ्रमण गर्ने र सडक सहज भएमा पहाडी जिल्ला पनि जाने कार्यक्रम रहेको पौडेलको निजी सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया