लोकपथ डट कमको अनलाइन समाचार बुलेटिनमा तपाईँलाई स्वागत छ । यो अङ्कमा तपाईँले आजको ताजा र प्रमुख समाचारहरू सुन्न र हेर्न पाउनु हुनेछ । दैनिक समाचारका लागि लोकपथ डटको आधिकारिक युट्युब च्यानललाई सब्सक्राइब गरेर नियमित रूपमा समाचार र अन्य सूचनामूलक जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
१.प्रधानमन्त्री शेरबहादुर देउवाबाट आज बेमौसमी वर्षाले क्षति पुर्याएका कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको निरीक्षण, पीडितका लागि राहत र योजना ल्याउने प्रतिबद्धता ।
२. अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड, निश्चित समयअघि नै प्रतिनिधिसभाको निर्वाचन गर्नेबारे सत्ता गठबन्धका नेताहरुसँग छलफल गर्ने ।
३. बेमौसमी वर्षाबाट लुम्बिनी, सुदूरपश्चिम र प्रदेश १ मा मात्रै ७ अर्ब रुपैयाँबराबरको धानबाली नष्ट भएको अनुमान, तीनवटै प्रदेशमा गरेर ६७ हजार ९ सय हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति ।
४.प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यद्वारा शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस, प्रस्तावसम्बन्धी छलफल र पक्ष विपक्षमा मत विभाजन भने आगामी आइतबार हुने ।
५.पूर्वन्यायाधीश फोरमद्वारा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आचरण र व्यवहारमा शंका उत्पन्न भएको भनाइ, न्यायालयप्रति जनताको आस्था गम्भीर खतरामा परेको टिप्पणी ।
६.वर्षाका कारण गएको बाढी र पहिरोबाट देशका विभिन्न भागको जनजीवन अस्तव्यस्त, विपन्न बस्तीमा खानकै समस्या ।
७. नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकमा देशको समसामयिक राजनीतिक विषयमा छलफल, पार्टीको आसन्न १०औँ महाधिवेशन र १० बुँदे सहमति कार्यान्वयनबारे पनि छलफल ।
८. शासकमा गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा बितेका तीन वर्ष त्यत्तिकै खेर गएको कांग्रेस नेता गगन थापाको टिप्पणी, २०७४ को निर्वाचनपछि राजनीतिक स्थायित्वका लागि प्राप्त अवसर शासकका कारण गुमेको भनाइ ।
९. गजेन्द्र हमालको राजीनामापछि उद्योग मन्त्रालय हात पार्न सत्ता गठबन्धनमा रहेका दलहरुबीच हानाथाप, आ–आफ्नो पार्टीले मन्त्रालय पाउनुपर्ने दाबी ।
१०. शुक्रबार नेपालमा कोरोनाका ७ सय ८ जना नयाँ संक्रमित थपिए, पछिल्लो २४ घण्टामा ९ सय ३२ जना संक्रमणमुक्त, ११ जनाको मृत्यु ।
११.प्रहरीका माथिल्लो तहकाले तल्लो तहका कर्मचारीलाई ‘तँ’ भनेर गर्ने सम्बोधन हटाउन गृहमन्त्री खाँणको निर्देशन, प्रहरी संगठनमा बोलीचाली र निर्देशनमा सम्मानार्थी शब्दको प्रयोग गर्न सुझाव ।
१२. जनकपुरमा खानेपानी कार्यालयका प्रमुखमाथि दुव्र्यवहार गर्ने १७ जनाविरुद्ध प्रहरीमा मुद्दा दर्ता, आपराधिक कार्य गरेको आरोप ।
१३. बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल भोलिबाट सञ्चालनमा आउने, रात्रिकालीन उडान भने तत्कालका लागि नहुने ।
१४. चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले त्यसको प्रतिरक्षा गर्ने, रुस र चीनलगायतका देशले सैन्य शक्ति बढाउँदै लगे पनि आफू चिन्तित नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ ।
१५. क्यामरुनी गोलकिपर प्रिसोले शुक्रबार ललितपुरको थ्री स्टार क्लवसँग सम्झौता नवीकरण गरे, प्रिसोले नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबल थ्री स्टारबाटै खेल्ने ।
https://www.facebook.com/lokpath/videos/565797534684327
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया