काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कारकारबाहीप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै फोरमले प्रधानन्यायाधी राणाको राजीनामा समेत माग गरेका छन् ।
पूर्व न्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश राणाको कार्यशैली, व्यवहार र आचरणमाथि गम्भीर प्रश्न उठाउँदै राणालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।
मन्त्रिपरिषद् विस्तारमा प्रधानन्याधीश राणको नाम जोडिनु आपत्तिजनक रहेको बताउँदै त्यसरी मिडियामा समाचार आउनुले न्यायालयको गरिमामा समेत आँच आएको फोरमको भनाइ रहेको छ ।
‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी न्यायालयको गरिमा, विश्वासनीयता र जनआस्था जोगाउनका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने उनीहरुको ठहर रहेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुनसक्दछ । र, यो वाञ्छनीय र अनिवार्य पनि देखिएको छ’ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया