काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराई उच्च ज्वरोका कारण अस्पताल भर्ना भएका छन् ।
केहि दिनदेखि देखिएको ज्वरोका कारण घरमै आराम गरिरहेका उनी पूर्वमन्त्री समेत रहेका भट्टराई शुक्रबार अस्पताल भर्ना भएका हुन् ।
चिकित्सकहरुको सल्लाह अनुसार एक हप्ताका लागि भेटघाट समेत बन्द गरिएको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँले जानकारी दिए ।
‘नेकपा (एमाले) सचिव प्रतिनिधिसभा सदस्य योगेश भट्टराई विगत केहिदिन देखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहनु भएको थियो ! उच्च ज्वरो कम नभएपछि आज दिउसोबाट उहा विर आस्पतालमा भर्ना हुनुएको छ १ डाक्टरको सल्लाह वमोजिम ७ दिन सम्म भेटघाट पुर्णरुपमा बन्द गरिएको छ ।’ गुरागाँइले भने ।
स्वास्थ्यमा समस्या भएसँगै भट्टराई एमालेको स्थायी कमिटी बैठकमा समेत अनुपस्थित रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया