मौसम प्रतिकूल भएपछि प्रधानमन्त्री देउवा चढेकाे हेलिकोप्टर कञ्चनपुर फर्कियो

लोकपथ
112
Shares

काठमाडौं । मौसम प्रतिकूल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा चढेकाे हेलिकोप्टर नेपालगञ्ज नगई कञ्चनपुरतर्फ फर्किएको छ ।

बाढी पहिरोप्रभावित क्षेत्र निरीक्षणमा रहेका प्रधानमन्त्री देउवासहितको टोली कैलालीको पश्चिम–पूर्वी भेगमा रहेका भजनी, टिकापुर र बर्दियाको राजापुर निरीक्षण गरेर नेपालगन्जमा खाना खाई आजै काठमाडौं फर्किने तालिका रहेको थियो । मौसम प्रतिकूल भएपछि प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेमबहादुर आलेलगायतको टोली चढेकाे हेलिकोप्टर १०:२१ मा कञ्चनपुरको भुजेला क्षेत्रतर्फ उडेको हो ।

धनगढी विमानस्थल स्रोतका अनुसार शुक्रबार बिहान प्रधानमन्त्री देउवासहितको टोली कैलालीको श्रीलंका टापु पुगेको थियो । त्यसपछि भजनी, टीकापुर हुँदै बर्दियाको राजापुर क्षेत्र निरीक्षणको कार्यक्रम थियो । तर ती क्षेत्रको मौसम खराब भएका कारण हेलिकप्टर श्रीलंका टापुबाट धनगढी विमानस्थल फर्केको थियो । त्यहाँबाट कञ्चनपुरको भुजेलातर्फ लागेको हो ।

प्रधानमन्त्री देउवाले बिहीबार सुर्खेतबाट दिपायल, बझाङ, डडेल्धुरा हुँदै कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रको बाढीप्रभावित क्षेत्र अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?