काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मानव समुदायमा शिक्षाको विकास भए मात्र आधुनिक युगको विकास हुने बताएका छन् ।
सप्तरीको महदेवा गाउँपालिकास्थित बथनाहामा नवनिर्मित विद्यालय भवनको आज उदघाट्न गर्दै उनले मानिसलाई अहिलेको अवस्थामा मुल शिक्षा नै भएकाले शिक्षाबाट वञ्चित भएका मानिस गरिबीको महामारीमा फसिने गरेको बताए ।
शिक्षा क्षेत्रको विकास भएपछि देशको उन्नतिसमेत हुने उनको भनाइ थियो । शिक्षित भएको ठाउँमा हरेक क्षेत्रको विकास भइरहेका विद्यालयमा भवन बनेर मात्र हुँदैन गुणस्तरीय शिक्षा हुनुपर्ने उनले बताए ।
दलित समुदायलाई शिक्षा र रोजगारीको ग्यारेन्टी हुनुपर्ने उल्लेख गर्दै उनले दलित समुदायले हरेक आन्दोलन र परिवर्तनका लागि योगदान पुर्याएको सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया