आजका मुख्य-मुख्य समाचारहरु के-के छन् ? हेर्नुहोस् टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
1.9k
Shares

१. अविरल वर्षाका कारण देशका विभिन्न भागमा वाढी पहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या १ सय १ पुग्यो, ४० जना घाइते, ४१ जना अझै बेपत्ता ।

२. प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सुदूरपश्चिम प्रदेशका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षण, सरकारले पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्वता ।

३. बिहीबार बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि छलफल, कांग्रेससहितको चार दलीय गठबन्धनद्वारा नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव ।

४. बाढी पहिरोपीडितको राहत, उद्धार र पुनर्निर्माणमा राज्यका सबै संयन्त्र प्रयोग गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको अपिल, धानबाली विनास भएकोमा किसानलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आग्रह ।

५. नेकपा माओवादी केन्द्रले पार्टीका ३३ विभागको नेतृत्व टुंग्यायो,देशैभर गरेर पार्टीको सदस्य संख्या ६ लाख पुर्याउने लक्ष्य ।

६. अब आफूले पार्टीको नेतृत्व गर्ने कांग्रेस नेता प्रकाशमान सिंहको दाबी, वर्तमान नेतृत्वका कारण कारण कांग्रेस कमजोर भएको आरोप, १४औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमा जोड ।

७. आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनको समीक्षा, १०औँ महाधिवेशनका लागि हुने वडा र पालिका अधिवेशनका बनरेमा पनि छलफल ।

८. शसस्त्र र नेपाल प्रहरीको रासन भत्ता बढाउने प्रस्ताव सरकारले कार्यान्वयनमा लैजाने, प्रस्ताव कार्यान्वयन आएपछि प्रहरी कर्मचारीले १५ प्रतिशतले वृद्धि हुने रासन भत्ता पाउने ।

९. बिहीबार नेपालमा कोरोनाका ५ सय ४५ जना नयाँ संक्रमित थपिए, अहिलेसम्म कुल संक्रमितको संख्या ८ लाख ७ हजार नाघ्यो, हालसम्म ७ लाख ८४ हजार ८ सय ८१ जना संक्रमणमुक्त,पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु ।

१०. केही दिन सुनसानजस्तै बनेको काठमाडौं उपत्यका बडा दशैँ सकिएसँगै पुरानै लयमा फर्कँदै, दशैँ मनाउन पुर्ख्याैली थलो गएकाहरु फर्किन थालेपछि चहलपहल बढ्यो ।

११. बिहीबार नेपाली सेयरबजार परिसूचक मापक नेप्से १४ दशमलव ७० अंकले घट्यो, कारोबार रकम पनि २ अर्ब ६३ करोड ५३ लाखमा खुम्चियो ।

१२. सुँगुरको मिर्गौला मानव शरीरमा अस्थायी प्रत्यारोपण गर्न अमेरिकी वैज्ञानिकलाई सफलता, यो अहिलेसम्मकै महत्वपूर्ण सफलता भएको चिकित्सकहरुको भनाइ ।

१३.अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म खोल्ने घोषणा, ट्रुथ शोसल नामको सञ्जाल आगामी नोभेम्बर महिनासम्म प्रयोगमा ल्याइने ।

१४.आजबाट काठमाडौंमा सुरू उपमेयर कप महिला लिग फुटबलमा कन्काइ नगरपालिकाको विजयी सुरुवात, गोदनवरी नगरपालिका १२ गोल अन्तरले पराजित ।

१५. र विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको वरियतामा नेपाल एक स्थान तल झर्यो, नयाँ वरियतामा नेपाल १ सय ६९औं स्थानमा ।

https://www.facebook.com/lokpath/videos/399467275205686

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?