राजविराज । राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरका छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन् ।
प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
बेपत्ता भएका युवक अझै भेटिएन
अविरल वर्षासँगै जिता खोलामा आएको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ बाट खोला तर्ने क्रममा बेपत्ता एक युवक अझै भेटिएका छैनन् । हनुमाननगर कङ्कालिनी–९ का २३ वर्षीय लालु मण्डल बेपत्ता भएको र उनको खोजी जारी रहेपनि प्रनाउ काफ्लेले जानकारी दिए ।
बुधबार कङ्कालिनी –१४ बैरिया घाटस्थित रहेको जिता खोलाको भत्केको पुलबाट रम्पुरा मल्हनियातर्फ जाने क्रममा खोलाले उनलाई बगाएको थियो । त्यस्तै मण्डलसँगै खोलामा बगेका सोही ठाउँका २८ वर्षीय सञ्जीवकुमार मण्डल भने खोला तरेर कटानबाट बच्न सफल भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया