काठमाडौं । गत सोमबार नुवाकोटको किस्पाङमा बस दुर्घटनाबारे गाउँपालिकाले सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार (आज) गाउँपालिका अध्यक्ष छत्र बहादुर लामाले दुर्घटनाबाट मृत्यु भएकाको परिवारलाई राहत तथा घाइतेको उपचारमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आज संघीय सांसद बहादुरसिंह लामा र गाउँपालिका अध्यक्ष लामासहितको टोलीले गृहमन्त्री खाँणसँग भेटघाट गरी सो सम्बन्धमा ध्यानाकर्षण गराएको जानकारी दिए ।
‘आज बिहान चार दिन अघि किस्पाङ दुर्घटनामा मृत्यु हुनु भएका रमेश तामाङ लाई राहत र घाइतेहरु लाई उपचार सहज बनाउनको लागि किस्पाङ गाउँपालिकाको तर्फबाट माननीय गृहमन्त्री बालकृष्ण खाँड मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।’ लामाले भनेका छन् ।
किस्पाङको भाल्चेबाट काठमाडौंका लागि हिँडेको बस भुमेस्थानमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि उपचारको क्रममा एकजनाको मृत्यु भएको छ भने ५२ जना बढी घाइते भएका छन् ।
यो पनि
नुवाकोटको किस्पाङमा बस दुर्घटना : १२ जना घाइते, २ को अवस्था गम्भीर
नुवाकोट बस दुर्घटना अपडेट : ३० घाइते, १० जनाको अवस्था गम्भीर
किस्पाङ दुर्घटना अपडेट : १ जनाको मृत्यु, घाइतेको संख्या ५२ पुग्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया