आजबाट दशैँ विसर्जन

RSS
0
Shares

भक्तपुर । विजयादशमीको दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज यहाँ नवदुर्गा देवगणलाई चढाएर दशैँ विसर्जन गरिएको छ ।

खःमेयको बध गरी ब्रह्मायणी लगायतका देवीदेवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा (माटोको घ्याम्पो) मा जम्मा गरिएको थियो । सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै नवदुर्गा देवगणलाई चढाएपछि दशैँ विसर्जन गरिएको नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?