काठमाडौं । राष्ट्रिय एकता अभियानले बंगलादेशमा मन्दिर तथा हिन्दु आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गरेको छ ।
अभियानले बंगलादेशको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग गरेको छ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना समक्ष अभियानले नेपालस्थित रहेको बंगलादेश राजदूतावास मार्फत ज्ञापन पत्र बुझाउँदै बंगलादेशमा रहेका हिन्दु समुदायको सुरक्षाको माग गरेको छ ।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वको टोलीले नेपालका लागि बंगलादेशी राजदूत सालाऊदीन रमन चौधरी मार्फत प्रधानमन्त्री हसिना समक्ष ज्ञापन पत्र बुझाएको हो ।
राजधानी ढाकामा सयौं मानिसहरुले अहिले विरोध प्रदर्शन गरिरहेका छन् । चार दिनदेखि देशमा चलेको धार्मिक हिंसा अन्त्यको माग गर्दै उनीहरु विरोधमा उत्रेका हुन् ।
सामाजिक सञ्जालमा इस्लामको पवित्र पुस्तक कुरान हिन्दु मन्दिरको तल राखिएको तस्विर भाइरल भए लगत्तै दङ्गा भड्कीएको थियो । दङ्गामा हिन्दुहरुमाथि हमला गरिएको छ ।
हालसम्म अधिकांश हिन्दु धार्मिक स्थलहरुमा हमला भएको छ । बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले साम्प्रदायिक सद्भाव भंग गर्ने उद्देश्यले आक्रमण भएको बताएका छन् । हिंसा अक्टोबर १५ देखी सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया