कोरोना : थपिए १ हजार बढी संक्रमित, कस्तो छ पछिल्लो तथ्यांक ? (विवरणसहित)

लोकपथ
217
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ९ सय १६ जनाको कोरोना परीक्षण गर्दा ९ सय ५७ जनामा पीसीआर र १ सय ३९ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट थप १ हजार ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८३ हजार ३ सय ९७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणको कारण १२ जनाको मृत्यु भएको छ ।

हाल नेपालमा ११ हजार ८ सय १५ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?