काठमाडौं । चन्द्रागिरी नगरपालिका-११ बिष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा कोल्डस्टोरका सञ्चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने स्याङ्जा बिरुवा गाउँपालिका-६ घर भएकी ४२ वर्षीया आरती लम्साल लगायत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त कोल्डस्टोरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ हजार २ सय ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी त्यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया