जीवनको उत्तरार्धमा समस्या नहोस् : मन्त्री रेग्मी

RSS
56
Shares

चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकलाई जीवनको उत्तरार्धमा समस्या हुन नहुने बताएकी छन् ।

देवघाट क्षेत्र विकास समितिले तनहुँको देवघाटमा सञ्चालन गरेको समाज कल्याण वृद्धाश्रमको आज निरीक्षणपछि उनले ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताइन् ।

“वृद्धाश्रमलाई व्यवस्थित र ज्येष्ठ नागरिकलाई दिइने सेवा सुविधामा वृद्धि गर्नुपर्नेमा सरकार गम्भीर छ”, उनले भनिन्, “सरकारको सहयोग नआउँदासम्म गैरसरकारी संस्थासँग समन्वय गरेर अघि बढनुहोस् ।”

वृद्धाश्रम विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले त्यहाँको वस्तुस्थितिको बारे जानकारी गराए।

सो अवसरमा देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, कार्यकारी निर्देशक घिमिरेले आश्रमको अहिलेको अवस्था र यसमा गर्नुपर्ने कामको बारेमा जानकारी गराएका थिए ।

सो आश्रममा हाल ३८ जना ज्येष्ठ नागरिक बसोबास गर्दै आएका छन् । विसं २०५२ बाट सञ्चालनमा आएको यो आश्रम सञ्चालनका लागि दैनिक करिब ११ हजार रुपैयाँ खर्च हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?