सुदूरपश्चिममा बाढी पहिरो : ३ जनाको मृत्यु

लोकपथ
49
Shares

सुदूरपश्चिममा बाढी पहिरो ः ३ जनाको मृत्यु। सुदूरपश्चिम प्रदेशमा भारी वर्षाका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार रातीदेखि परेको अविरल वर्षा र हावाहुरीमा पनि डोटीमा दुई र डडेल्धुरामा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पहिरोको कारण डडेल्धुरामा दुई जना घाइते भएका छन् भने कैलालीमा बाढीमा परि एक जना वेपत्ता भएका छन् ।

यस्तै पहिरोका कारण प्रदेशका तीन जिल्लामा ६ वटा घर भत्किएका छन् । प्रहरीका अनुसार बझाङमा तीन, डोटीमा एक र डडेल्धुरामा पहिरोले दुई घर भत्काएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?