राखेपका सदस्यसचिव सिलवाल बर्खास्त

लोकपथ
350
Shares

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ ।

सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले राखेपका सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

सरकारले सिलवाललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आज बर्खास्त गरेको हो ।

यसअघि सरकारले सिलवालसहित युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा। कल्याण रोक्कालाई स्पष्टीकरण माग गरेको थियो ।

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले सिलवाललाई राखेपको सदस्यसचिव नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?