काठमाडौं । पछिल्लो एक दिनमा भारतमा १९ हजार ५८२ जना कोरोना भाइरसका संक्रमितहरु संक्रमणमुक्त भएका परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
हाल सक्रिय सङ्क्रमित कूल संक्रमित ०.५६ प्रतिशत मात्र रहेको सोमबार प्राप्त समाचारमा जनाइएको छ ।
मन्त्रालयले सोमबार दिएको समाचारअनुसार हाल कोरोनाबाट निको भएकाहरु कूल कोरोना सङ्क्रमितको ९८.१२ प्रतिशत रहेको छ । यसैसँगै भारतमा अहिलेसम्म कोरोनामुक्त सङ्ख्या तीन करोड ३४ लाख ३९ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाएको छ ।
भारतमा पछिल्लो एक दिनमा १३ हजार ५९६ जना थप व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या तीन करोड ४० लाख ८० हजार भन्दा बढी पुगेका छन् । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने १ लाख ८९ हजार पुगेको अधिकारीले जनाएका छन् । यो संख्या २२१ दिन यताको सबैभन्दा कम भएको समाचारमा जनाइएको छ ।
यसैसँगै भारतमा कोरोना सुरु भएयता अहिलेसम्म कुल चार लाख ५२ हजार ९३१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया