१० मिनेटको अन्तरालमा सिन्धुपाल्चोकमा २ पटक भूकम्प

लोकपथ
1k
Shares

काठमाडौं । १० मिनेटको अन्तरालमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

सोमबार दिउँसो १ः४६ मिनेट जाँदा सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निुच्युडको भूकम्प गएको थियो । भने त्यसको लगत्तै १ः५६ मिनेटमा सोही स्थान केन्द्रबिन्दु भएर ४.७ म्याग्निुच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको कारण आसपासका जिल्ला र काठमाडौंमा समेत धक्का महसुस गएको थियो । यद्यपी भूकम्पको कारण कुनैपनि मानवीय क्षती भने नभएको बताइएको छ ।

यसैक्रममा आइतबार बिहान पनि गोरखा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?