नुवाकोट बस दुर्घटना अपडेट : ३० घाइते, १० जनाको अवस्था गम्भीर

लोकपथ
3.2k
Shares

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या ३० पुगेको छ ।

घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौ ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिएका छन्।

बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो । छतमासमेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ ।

घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । दुर्घटनापश्चात नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरिएको थियो ।

 

यो पनि

नुवाकोटको किस्पाङमा बस दुर्घटना : १२ जना घाइते, २ को अवस्था गम्भीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?