नुवाकोटको किस्पाङमा बस दुर्घटना : १२ जना घाइते, २ को अवस्था गम्भीर

लोकपथ
5.4k
Shares

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भुमेस्थानमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।

भाल्चे देखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ नं काे बस दुर्घटना भएको किस्पाङ गाउँपालिका प्रमुख छत्रबहादुर लामाले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार दुर्घटना लगत्तै ८ वटा एम्बुलेन्सको सहायतामा घाइतेहरुको उद्दार गरि जिल्ला अस्पताल त्रिशुली पठाउनेक्रम जारी रहेको छ ।

‘किस्पाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनामा परि १२ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई जिल्ला अस्पताल त्रिशुलीमा उपचारको लागि पठाइएको छ । अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा बाँकी उद्दारको काम भइरहेको छ ।’ उनले भने ।

घाइतेहरुको उपचारका लागि त्रिशुली अस्पतालमा आकस्मिक रुपमा तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?