काठमाडाैं : वाम एकता र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले) ले स्थायी कमिटी बैठक डाकेको छ । हाल झापामा रहेका अोली काठमाडाैं अार्इपुग्नासाथ अाज साँझ बैठक बस्नेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माअोवादी (केन्द्र) र एमालेबीचको पार्टी एकतामा पछिल्लो समय देखिएका समस्यामाथि छलफल हुने एमालले जनाएको छ। बैठकमा व्यवस्थापिकाअन्तगर्तका संसदीय समिति गठनमा देखिएको विवादबारे पनि छलफल हुने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
यसैबीच, पार्टी एकताकै विषयमा छलफल गर्न माअोवादी (केन्द्र) ले पनि बैठक डाकेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय सचिवालयको बैठकमा एकताका विषयमा छलफल हुन लागेको हो ।
बैठकमा कसरी पार्टी एकतामा जाने भन्ने विषय छलफल हुने प्रवक्ता पम्फा भुषालले जानकारी दिइन। माओवादीले बराबरी हैसियत खोजेपछि एमालेसँगको पार्टी एकता प्रक्रिया लम्बिदै गएको छ । एकताका लागि दुई पार्टीका अध्यक्षलाई जिम्मा दिइए पनि दुई अध्यक्षबीचको छलफलले एकताको टुंगो लगाउन सकिरहेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया