नेपालको कोरोना अपडेट : थप ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ५ सय ९४ परीक्षण गर्दा ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा गरिएको थप ५ हजार ५ सय ९४ परीक्षणमा थप ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ सय ९ जना कोरोना संक्रमण मुक्त ४ जनाको मृत्यु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?