प्रदेशसभा बैठकको मिति परिवर्तन, कार्तिक ५ गतेका लागि तय

लोकपथ
56
Shares

मोरङ । प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ ।

यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आज दोस्रो भएको थियो । भोलि १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आगामी कात्तिक ५ गते शुक्रवार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेशसभा सचिव पराजुलीद्वारा आज जारी सूचनामा उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति परिवर्तन गरिएको जनाएका छन् । बैठकको मिति सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सम्पूर्ण प्रदेशसभाका सदस्यलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?