धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । जिल्लामा बढ्दै गएको आत्महत्या र कोभिड महामारीपछि मानसिक स्वास्थ्य समस्याका बिरामी बढ्दै गएको उनीहरुले बताएका हुन् ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य कार्यालय कैलाली, टिपियो नेपाल, कोशिस नेपालको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रस्तुतिकरण गर्दै कैलालीका प्रमुख लालबहादुर धामीले जिल्लामा आर्थिक वर्ष २०७७र७८ मा आत्महत्या गर्नेको संख्या तेब्बर बढी भएको बताए ।
कैलालीमा आर्थिक वर्ष २०७६र७७ मा आत्महत्या गर्नेको संख्या १२२ रहेको थियो भने आर्थिक वर्ष २०७७र७८ मा बढेर तीन सय ५५ पुगेको सो तथ्यांकमा उल्लेख छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययन प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा १८ वर्ष मुनिका मानसिक सन्तुलन प्रभावित विरामी नौ दशमलब पाँच प्रतिशत रहेको थियो ।
सो अध्ययन अनुसार देशभरी १० प्रतिशत युवाहरुमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या रहेको उल्लेख छ ।
यस्तै, डिप्रेसनबाट प्रभावित तीन प्रतिशत, आत्महत्या गर्ने तयारीमा पुगेका सात दशमलब दुई प्रतिशत, मदिरा सेवनका कारण मानसिक स्वास्थ्य प्रभावित चार दशमलब तीन प्रतिशत र अन्य कारणबाट प्रभावित शुन्य दशमलब दुई प्रतिशत रहेको तथ्यांक छ ।
उमेर अनुसार मानसिक स्वास्थ्य समस्या बढी ४० देखि ४९ उमेर समुहका १३ दशमलब तीन प्रतिशतमा देखिएको छ । लैङ्गिकताका आधारमा पुरुष बढी देखिएको छ । सो तथ्यांक अनुसार १२ दशमलब चार प्रतिशत पुरुषमा मानसिक स्वास्थ्य समस्या देखिएको थियो ।
मानसिक रोग विशेषज्ञ डा। गणेश खडकाले आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी अडचन, विपद् लगायतका कारण मानिसमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताए ।
उनले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमा डराउने, राम्रोसंग सुत्न नसक्ने, एकहोरो टोलाउने, एकान्तमा बस्न रुचाउने लगायतका विभिन्न लक्षण देखिने गरेको बताए । उनले भने हाम्रो समाज मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुबाट झन टाढा बस्न चाहन्छन । यसले उनीहरुमा थप स्वास्थ्यमा समस्या बढाउँछ । हामीले विरामीलाई ठिक पार्न अझै पनि धामी झाँक्रीकामा लग्ने प्रचलन कायमै छ ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रदेश सरकारले मानसिक स्वास्थ्य कार्यक्रम लागु गरेको बताए ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका कर्मचारी, मानसिक स्वास्थ्यमा काम गर्दै आइरहेका संघरसंस्थाका प्रतिनिधी, १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, अनमी, अहेव, महिला स्वयमसेविका सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया