काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आक्रोशित नहुन महामन्त्री डा. शशांक कोइरालाले आग्रह गरेका छन् ।
उनले पार्टी सभापनि देउवा र वरिष्ठ नेता पौडेललको सहमतिमै पदाधिकारी मनोनयन गर्न आफूहरुले सोमबार बोलाइएको निर्वाचित केन्द्रिय सदस्यहरुको बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न आग्रह गरेको बताए ।
बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेको कोइरालाले स्पष्ट पारे ।
सोमबार बिहान पार्टी केन्द्रिय कार्यालय सानेपामा संचारकर्मीमाझ प्रतिक्रिया दिँदै, उनले पार्टी केन्द्रिय कार्य समितिको बैठकमा ‘बहुमतीय प्रक्रियाबाट निर्णय लिएको’ भन्ने वरिष्ठ नेता पौडेलको अभिव्यक्तिको पनि खण्डन गरे । बैठक सर्वसम्मतिले सम्पन्न भएपनि नेता पौडेलले तत्सम्बन्धमा आक्रोशित प्रतिक्रिया दिएको महामन्त्री कोइरालाको आरोप छ ।
आगामी शुक्रबार बस्ने पार्टीको केन्द्रिय निर्वाचित सदस्यहरुको बैठकले पदाधिकारी मनोनयन गर्ने दाबी गर्दै महामन्त्री काइरालाले भने, बैठकमा वरिष्ठ नेता पौडेल पक्षलाई ल्याउने जिम्मेवारी आफ्नै रहेको बताए ।
उनले भने, पार्टीलाई एकतावद्ध बनाएर अघि लैजानुको विकल्प नरहेको बताए । अहिले बामपन्थीहरु एक भएका बेला पार्टीलाई एकतावद्ध बनाएर लैजानु आफू अग्रसर भएको स्मरण गराउँदै महामन्त्री कोइरालाले भने, पार्टीका शिर्ष नेताहरुबीचको सहमतिमै पार्टीलाई अघि बढाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया